Kathmandu Press

सल्यानमा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

सल्यान, असोज १० : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका&nda....

सल्यानमा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते

सल्यान, असोज १० : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु १ च ४२५३ नम्बरको जीप गएराति दुर्घटना भएको हो।

दुर्घटनामा किमुचौरकी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कपुरकोट गाउँपालिका–४ की ६८ वर्षीया महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षीय टीकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ वर्षीय तिलक पुन  र ३७ वर्षीय तिलक पुन घाइते भएका छन्। उनीहरुको तुलसीपुरमा उपचार भइरहेको छ।

हरेक शुक्रबार कपुरकोटमा तरकारी हाटबजार लाग्ने गरेको छ। हाटबजारमा तरकारी ल्याउँदै गर्दा जीप दुर्घटना भएको हो। पानी परेका कारण बाटो चिप्लो भएकाले अनियन्त्रित भई जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप चालक र सहचालकलाई प्रहरी नियन्त्रण लिएको छ।

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, असोज १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्