Kathmandu Press

प्रकाश सपुतको समर्थन गर्दै बाबुरामले भने– गीतले जनयुद्धको विरोध गरेको छैन

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गायक प्रकाश सपुतको गीतले जनयुद्धको विरोध नगरेको बताएका छन्। गायक...
प्रकाश सपुतको समर्थन गर्दै बाबुरामले भने– गीतले जनयुद्धको विरोध गरेको छैन

काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गायक प्रकाश सपुतको गीतले जनयुद्धको विरोध नगरेको बताएका छन्। 

गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ गीत विवादमा तानिएपछि डा भट्टराईले पनि त्यसमा टिप्पणी गरेका हुन्। उनले उक्त गीतको समर्थन गर्दै गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका हुन्। 

गीतले अपूर्ण क्रान्तिको पीडा दर्शाएको उनको भनाई छ। डा भट्राईले गीतका सर्जकलाई नधम्काउन पनि अनुरोध गरेका छन्। 

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले  प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,’ डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘त्यसनिम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने ?

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्