Kathmandu Press

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत, महासचिवमा हिरामान लामा 

काठमाडौं, फागुन २९ : नेकपा एमाले निकटं पत्रकारहरुको छाता संगठन प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत चुनिएका छन्। कास्कीको पोखरामा आयोजित नवौं राष्ट्रिय सम्मेलनबाट बस्नेत...
प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत, महासचिवमा हिरामान लामा 

काठमाडौं, फागुन २९ : नेकपा एमाले निकटं पत्रकारहरुको छाता संगठन प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत चुनिएका छन्। 

कास्कीको पोखरामा आयोजित नवौं राष्ट्रिय सम्मेलनबाट बस्नेत पुनः अध्यक्ष चयन भएका हनु्। उनको नेतृत्वमा प्रेस चौतारीले नयाँ कार्यसमिति चयन गरेको छ। बस्नेत यसअघि पनि अध्यक्ष थिए। 

त्यस्तै महासचिवमा हिरामान लामा चयन भएका छन्। उपाध्यक्षहरुमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासान र देविका घर्तीमगर चुनिएका छन्। उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन्। 

कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

प्रकाशित मिति: १०:१२ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्