Kathmandu Press

कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि फेरि मतदान हुने

सिन्धुपाल्चोक, फागुन २९ : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि फेरि मतदान हुने भएको छ।सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि...
कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि फेरि मतदान हुने

सिन्धुपाल्चोक, फागुन २९ : नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिका लागि फेरि मतदान हुने भएको छ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो। कांग्रेस विधानअनुसार, सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

पहिलो चरणको निर्वाचनमा एक हजार ८६८ मतमध्ये सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत पाएका छन्। यस्तै, वंशलाल तामाङले ६२९ र डा. प्रेमध्वज लामाले ४९३ मत पाएका छन्।

अब सबैभन्दा बढी मत ल्याउन पहिलो र दोस्रो उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। जंगबहादुर र वंशलालबीच सभापतिका लागि फेरि प्रतिस्पर्धा हुने भएको छ।

 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्