भेरी नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता
काठमाडाैं, फागुन २८ : भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। शनिबार साँझ पाँच बजेकाे सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट...
काठमाडाैं, फागुन २८ : भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। शनिबार साँझ पाँच बजेकाे सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन्।
स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।
हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य भइरहेकाे छ।
प्रकाशित मिति: १९:५६ बजे, शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











