Kathmandu Press

देश विकासका लागि एमसिसी स्वीकार गरियो : महामन्त्री शर्मा

झापा, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन। कांग्रेस भद्रपुर–१० ले आयोजना...
देश विकासका लागि एमसिसी स्वीकार गरियो : महामन्त्री शर्मा

झापा, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन। कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए।

'विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसिसी स्वीकार गरिएको हो,' उनले भने, 'अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन्।'

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको उनको तर्क छ। 'एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो,' उनले भने, 'यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ।'

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्