Kathmandu Press

पैसाको बोरा बोकेर भोट माग्नेलाई जनताले लखेट्नुपर्छ : झलनाथ खनाल 

 काठमाडौं, फागुन २८ ः  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क...
पैसाको बोरा बोकेर भोट माग्नेलाई जनताले लखेट्नुपर्छ : झलनाथ खनाल 

काठमाडौं, फागुन २८ :  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन्। 

उनले कांग्रेसका एक समूह र एमालेले आफुलाई निर्वाचनमा एक नम्वरमा हराउने निर्णय नै गरेको समेत बताए। कांग्रेसभित्र प्रधानमन्त्री एकतावद्ध भएर नै जानुपर्ने भन्ने पक्षमा रहेको र अर्को पक्ष भने पैसा बोकेर भएपनि अरुलाई हराउने पक्षमा रहेको उनले बताए । 

खनालले चूनावमा पराजयको डरले आफुहरु नभाग्ने भन्दै पार्टीको नीतिका साथ जनतामाझ जाने उल्लेख गरे। त्यस्तै उहाले जनतालाई भ्रममा पारेर नभई व्यवहारिक रुपमा नै सम्भव हुने कुरा लिएर निर्वाचनमा होमिने धारणा राखे। 

खनालले यहि गतिमा पार्टी अघि बढे दुई तीन बर्षभित्र आफ्नो पार्टी मुलुकको पहिलो पार्टी हुने दावी गरे। 
 

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्