Kathmandu Press

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश 

काठमाडौं, फागुन २८ : वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टीबाट मेयर जितेका सरागवी शनिबार एमाले प्रवेश गरेका हुन्। मेयरसँगै...
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश 

काठमाडौं, फागुन २८ : वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टीका नेतासमेत रहेक सरागवी शनिबार एमाले प्रवेश गरेका हुन्। 

मेयरसँगै ४ जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका छन्। सरावगी र वडाध्यक्षहरूलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका छन्।  कार्यक्रममा एमाले मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायत उपस्थित थिए।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।पार्टी प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । 

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्