Kathmandu Press

एनआरएनएको निर्वाचन सर्‍याे, यस्तो छ संसोधित निर्वाचन कार्यक्रम 

काठमाडौं, फागुन २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति सरेको छ । एनआरएनएले आगामी चैत ७ र ८ गतेका लागि तय गरेको निर्वाचन...
एनआरएनएको निर्वाचन सर्‍याे, यस्तो छ संसोधित निर्वाचन कार्यक्रम 

काठमाडौं, फागुन २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति सरेको छ । एनआरएनएले आगामी चैत ७ र ८ गतेका लागि तय गरेको निर्वाचन मिति सारेको हो। 

शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको जानकारी दिएको छ । 

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ। 

संघले सोहीअनुसार निर्वाचन कार्यक्रम संसोधन गरेको छ। संसोधित कार्यक्रमका अनुसार शनिबार (मार्च १२) १० बजे  उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, आइतबार बिहान १०  बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्ने कार्यक्रम छ।

आइतबार दिउँसे २ बजेसम्म उम्मेदवारको मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र ३ बजे उम्मेदवारको  दोस्रो नामावली प्रकाशन गर्ने कार्यक्रम छ। मनोनयनपत्र फिर्ता लिनका लागि मार्च १३ देखि १४ गते अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको छ। सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

त्यसपछि  मार्च २४ मा मतदान गरि मतगणना गर्ने  र परिणाम घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्