राप्रपाको शक्ति स्थानीय तहको निर्वाचनमा देखिन्छ : लिङ्देन
काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको शक्ति स्थानीय तहको निर्वाचनमा देखिने बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा...
काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको शक्ति स्थानीय तहको निर्वाचनमा देखिने बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लिङ्देनले आगामी स्थानीयत तहको निर्वाचनलाई पार्टीले शक्ति प्रदर्शन गर्ने माध्यमका रुपमा लिएको बताएका छन्।
अध्यक्ष लिङ्देनले राप्रपाले जितेको स्थानीय तहमा विकासको छुट्टै मोडालिटी तयार गरिने पनि बताए। अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको बताए
उनले कमल थापा लगायतले छाडेपछि पार्टी अझै संगठित र बलियो भएको पनि बताए। उनीहरुले छाड्दैमा पार्टीमा कुनैपनि क्षति नभएको उनले बताए। ’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्याएको छैन ।’











