Kathmandu Press

झाडीमा अचेत भेटिएकी २१ महिने नाबालिकाको मृत्यु, बलात्कारको आशंका 

काठमाडौं, फागुन २८ : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा २१ महिने बालिकाको मृत्यु भएको छ। शुक्रबार अपरान्ह ४ बजे घरबाट हराएकी नाबालिका पाँच बजेतिर घरनजिककैको...
झाडीमा अचेत भेटिएकी २१ महिने नाबालिकाको मृत्यु, बलात्कारको आशंका 

काठमाडौं, फागुन २८ : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित झाडीमा अचेत अवस्थामा फेला परेकी २१ महिने बालिकाको मृत्यु भएको छ। शुक्रबार अपरान्ह ४ बजे घरबाट हराएकी नाबालिका पाँच बजेतिर घरनजिककैको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन्। 

सुन्दरहरैंचा–७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार परिवारले नाजुक अवस्थामा नाबालिकालाई झाडीमा फेला पारेका थिए। 

नाबालिकाको योनाङ्ग रक्ताम्य भएको अवस्थामा भेटिएपछि परिवारले गछिया मेडिकलमा लगेको त्यहाँबाट विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको सिटौलाले जानकारी दिए। 

नाबालिकाको अवस्था हेर्दा उनीमाथि बलात्कार भएको हुनसक्ने आशंका रहेको सिटौलाले बताए। यस सम्बन्धमा प्रहरीले गम्भिर ढंगले अनुसन्धान गरिरहेको जनाएको छ। 


 

प्रकाशित मिति: १२:३४ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्