नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता गर्न मन्त्रिपरिषद्को सहमति
काठमाडौं, असोज ९ : सरकारले नेपाल र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौता गर्न अनुमति दिएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल र अष्ट्रेलिय....

काठमाडौं, असोज ९ : सरकारले नेपाल र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौता गर्न अनुमति दिएको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्न अनुमति दिने निर्णय गरेको हो। नेपालले लामो समयदेखि अष्ट्रेलियासँग हवाई सम्झौता गर्न पहल गरिरहेको छ।
हाल क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं सम्मेलनमा दुई देशबीच सहमति जुटेमा सम्झौता गर्ने तयारी छ। २४ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म चल्ने सम्मेलनमा भाग लिन नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको एक टोली क्यानडामा छ।
नेपालले अष्ट्रेलियासँग खासगरी सातामा १४ उडान गर्नेगरी सम्झौता गर्न खोजेको छ। तर, अष्ट्रेलियाले भने नेपाललाई हवको रुपमा धेरै उडान गर्नेगरी सम्झौता गर्न आग्रह गर्दै आएको छ।
नेपालमा पूर्वाधार कमजोर भएकाले अष्ट्रेलियाको प्रस्तावलाई नेपालले स्वीकार गर्न नसक्दा पाँच वर्षदेखि भएको छलफल टुंगोमा पुग्न सकेको छैन। नेपालले अहिलेसम्म ३९ मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ।











