Kathmandu Press

कोरोनाको लक्षण नहुँदा पीसीआर टेस्ट गर्न नपर्ने

काठमाडौं, फागुन २८ : कोरोना भाइरसको लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले अब पीसीआर टेस्ट गर्न नपर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
कोरोनाको लक्षण नहुँदा पीसीआर टेस्ट गर्न नपर्ने

काठमाडौं, फागुन २८ : कोरोना भाइरसको लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले अब पीसीआर टेस्ट गर्न नपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी अब पूर्ण खोप लगाएका र कोरोनाको लक्षण नभएका व्यक्तिलाई पीसीआर टेस्ट अनिवार्य नगरिएको जनाएको छ। अहिलेसम्म स्वास्थ्य उपचार गर्दा पीसीआर टेस्ट अनिवार्य रहेको  थियो।

स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पताललाई निर्देशन दिएको छ।

अहिले सरकारले १५ लाखभन्दा बढीलाई बुस्टर डोज लगाइसकेको छ। त्यस्तै, ६३ प्रतिशत भन्दा बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन्।

अहिलेसम्म एक करोड ८६ लाख ३ हजार ४५४ जनाले पहिलो डोज र एक करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्