Kathmandu Press

झापा र मोरङमा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापा, फागुन २८ : झापा र मोरङमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ।एक सातासम्म चल्ने अभियानमा झापामा साढे आठ लाखलाई...
झापा र मोरङमा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापा, फागुन २८ : झापा र मोरङमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ।

एक सातासम्म चल्ने अभियानमा झापामा साढे आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए।

प्रदेश १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ। झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए।

Hardik ivf

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक ६/६ सय  जना परिचालन गरिएको छ। उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ।

औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन्। स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिदै आएको बताए।

झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ। सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ।

झापामा २०१२ मा जिल्लामा ५५।५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ।

स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पु¥याउन लक्ष्य लिएको छ। चालु आर्थिक वर्ष २०७८/०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन्। जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका ६ जना रहेका छन्।

गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ। झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २।३३ जनामा झरेको छ।     हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्छ।

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्