Kathmandu Press

साफ च्याम्पियनसिप खेल्न यू–१८ टोली भारत जाँदै

काठमाडौं, फागुन २८ : साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली यू–१८ महिला टोली आज भारत जाँदै छ।नेपाली टोली प्रिती राईको नेतृत्वमा भारत प्रस्थान गर्ने...
साफ च्याम्पियनसिप खेल्न यू–१८ टोली भारत जाँदै

काठमाडौं, फागुन २८ : साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली यू–१८ महिला टोली आज भारत जाँदै छ।

नेपाली टोली प्रिती राईको नेतृत्वमा भारत प्रस्थान गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ। नेपाली टोलीको शुक्रबार एन्फाले विदाइ गरेको छ।

उपाधि जित्ने लक्ष्यसहित भारत जान लागेको कप्तान राईले बताइन्। अहिलेको नेपाली टोली राम्रो रहेको उनको भनाइ थियो।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा नेपाल मार्च १७ मा बंगलादेशसँग भिड्नेछ। त्यस्तै, मार्च २१ मा भारतसँग दोस्रो खेल र मार्च २३ मा बंगलादेशसँग दोस्रो खेल खेल्नेछ।

 

प्रकाशित मिति: ०७:०३ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्