Kathmandu Press

कीर्ते गरेको आरोपमा भोटखोला–४ का वडाध्यक्ष पक्राउ

संखुवासभा, फागुन २७ : सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ। जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का...
कीर्ते गरेको आरोपमा भोटखोला–४ का वडाध्यक्ष पक्राउ
Hardik ivf

संखुवासभा, फागुन २७ : सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ। जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ। भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ। मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको बताइएको छ। पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्