स्पेनका लागि नेपाली राजदूतमा दावा शेर्पा नियुक्त
काठमाडौं, असोज ९ : स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन्।
मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ब....
काठमाडौं, असोज ९ : स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन्।
मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शेर्पालाई स्पेनको राजदूतमा नियुक्त गरेकी हुन्।
‘राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा श्री दावा फुटी शेर्पालाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राजदूतमा नियुक्त भएकी शेर्पा सगरमाथा हिमालकी पहिलो आरोही महिला पासाङ ल्यामु शेर्पाकी छोरी हुन्।
प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, असोज ९, २०७६
थप समाचार






