Kathmandu Press

चालु आर्थिक वर्षको ७ महिनामै २ लाख नेपाली विदेशीए 

काठमाडौं, फागुन २७ : देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन्। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ...
चालु आर्थिक वर्षको ७ महिनामै २ लाख नेपाली विदेशीए 

काठमाडौं, फागुन २७ : देशभित्र रोजगारीको अवसर नपाएपछि दुई लाख बढी नेपाली नागरिक विदेशिएका छन्। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढेको पाइएको हो । 

एक विवरणअनुसार गत माघ मसान्तसम्म कूल दुई लाख १०२ नेपाली रोजगारीको खोजीमा विदेशिएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो ।

Hardik ivf

गत माघ मसान्तसम्मको विवरणअनुसार एक लाख ५२ हजार ३२५ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २६६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनकि भएको छ। 

चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा उल्लेख्य मात्रामा नेपाली नागरिक रोजगारीको खोजीमा विदेशिए । हरेक दिन जसो विभिन्न वायु सेवा प्रदायकले नेपाली युवा बाकेर धावनमार्ग छाड्यो । 

काम गर्ने उमेर समूहका मानिस विदेशिनु आफँैमा देशका लागि राम्रो मानिदैन । एकातिर विदेशिने नेपालीको सङ्ख्यामा बढोत्तरी हुनु, अर्कोतर्फ विप्रेषणको आप्रवाह ओरालो लाग्नु आफैमा अमिल्दो देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरणमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई  पाँच खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५।८ प्रतिशतले कमी आई चार अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु ६०३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो। 

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्