Kathmandu Press

बैंकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

काठमाडाैं, फागुन २७ : बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौँको...
बैंकिङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ

काठमाडाैं, फागुन २७ : बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६ का २५ वर्षीय निसम विक, काठमाडौँँको मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् ।

निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई आज शुक्रबार पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र रु ९ लाख जरिवाना तथा गत मंसिर २१  को फैसलाले शान्तालाई रु ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो।

निसमको नाममा भने बैकिंङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो। महाशाखबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौँको मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो।

दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्