अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी पक्राउ
काठमाडौं, फागुन २७ : अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन्।नाबालिग किशोरीमाथि जबरजस्ती करणीको आरोपमा तनहुँ प्रहरीको नियन्त्रणमा रहेका...
काठमाडौं, फागुन २७ : अभिनेता पल शाहका म्यानेजर भनिएका कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन्।
नाबालिग किशोरीमाथि जबरजस्ती करणीको आरोपमा तनहुँ प्रहरीको नियन्त्रणमा रहेका अभिनेता शाहका म्यानेजर भनिएका जोशी तनहुँबाट आज (शुक्रबार) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिइएको जनाइएको छ।
नाबालिग बलात्कारमा शाहको मतियार रहेको आरोपमा जोशीलाई पक्राउ गरिएको जनाइएको छ। घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि प्रबन्ध मिलाउन संलग्न देखिएको भन्दै उनीमाथि प्हरीले अनुसन्धान अघि बढाउने बताइएको छ।
अभिनेता शाहविरुद्ध प्रहरीमा जाहेरी परेलगत्तै नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापालगायतले शाहको हत्याकै योजना बनाएको दाबी गरेका शाहीले गरेको थिए।
तनहुँ र नवलपरासी प्रहरीले नाबालिगको बलात्कार गरेको आरोपमा कलाकार शाहमाथि अनुसन्धान गरिरहेको छ। शाहले दिएको बयानमा नाबालिगसँग प्रेम सम्बन्ध रहे पनि बलात्कार गरेको भने अस्वीकार गरेको स्रोतको भनाइ छ।
अभिनेता शाहमाथि अनुसन्धानका लागि तनहुँ अदालतबाट पहिलोपटक सात दिनको म्याद पाएको प्रहरीले दोस्रोपटक १२ दिनको म्याद पाएको छ। प्रहरीले फौजदारी अभियोग लागेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।












