Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय (सूचीसहित)

काठमाडौं, असोज ९ :  पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। 

पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकल....

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय (सूचीसहित)
फाइल

काठमाडौं, असोज ९ :  पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। 

पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

पूर्वराष्ट्रपति डा. यादव पेटमा समस्या आएपछि भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराएर स्वदेश फर्किएका थिए। मन्त्री बाँस्कोटाका अनुसार अस्पतालमा लागेको उपचार खर्च र उपचारसँग सम्बन्धितको बिल बमोजिम भारतस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ।

यस्तै, बैठकले एसिड आक्रमणमा परेकी काभ्रेकी जेनी खड्का र पर्साकी मुस्कान खातुनको उपचार तथा जीवनयापनका लागि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

काभ्रे घइ भई हाल काठमाडौंको कालोपुलमा बस्दै आएकी जेनीलाई गत जेठ १ गते साँझ उनका श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए। उनको चार महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, पर्साको वीरगञ्जकी मुस्कानलाई गत भदौ २० गते स्कुल जाँदै गरेका बेला संसाद मियाँले बाटोमा एसिड प्रहार गरेका थिए। मुस्कानको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका १४ निर्णय :

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, असोज ९, २०७६