Kathmandu Press

इन्जिनियर्स एसाेसिएसनको नयाँ कार्यसमितिका लागि निर्वाचन सम्पन्न

काठमाडाैं, फागुन २७ : नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एसाेसिएसन (नेइए)  को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ।एसाेसिएसनको ३३औं  कार्यकारिणी समितिका...
इन्जिनियर्स एसाेसिएसनको नयाँ कार्यसमितिका लागि निर्वाचन सम्पन्न

काठमाडाैं, फागुन २७ : नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एसाेसिएसन (नेइए)  को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ।

एसाेसिएसनको ३३औं  कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भएको हो। निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ।

Hardik ivf

सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन) ले  डा. हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ। उक्त उम्मेदवारीप्रति रुष्ट बन्दै कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ।

यस्तै नेकपा एमालेनिकट राष्ट्रिय प्रगतिशील गठबन्धनका डा. सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट डा. हरिराम पराजुली र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन्।

देशभर २१ हजार ६८० मतदाता छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने एशोसिएशनले जनाएको छ।

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्