थपिए ७७ जना कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडाैं, फागुन २७ : नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार ६ सय ७ पिसिआर परीक्षणका क्रममा ६२...
काठमाडाैं, फागुन २७ : नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार ६ सय ७ पिसिआर परीक्षणका क्रममा ६२ जना र २ हजार ३ सय ७४ एन्टिजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ।
त्यस्तै थप १ सय ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन्। हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:२३ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












