Kathmandu Press

पूर्वराष्ट्रपति डा. यादवको उपचार खर्च सरकारले ब्यहोर्ने

काठमाडौं, असोज ९ : पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। 

पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकले....

पूर्वराष्ट्रपति डा. यादवको उपचार खर्च सरकारले ब्यहोर्ने
फाइल

काठमाडौं, असोज ९ : पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। 

पछिल्लो पटक बसेको मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

पूर्वराष्ट्रपति डा. यादव पेटमा समस्या आएपछि भारतको चण्डिगढमा उपचार गराएर स्वदेश फर्किएका थिए। उपचार गराउँदा लागेको खर्च बिल बमोजिम भारतस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।


 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, असोज ९, २०७६