एसिड आक्रमणमा परेका जेनी र मुस्कानलाई सरकारले तीन-तीन लाख रुपैयाँ दिने
काठमाडौं, असोज ९ : सरकारले एसिड आक्रमणमा परेकी काभ्रेकी जेनी खड्का र पर्साकी मुस्कान खातुनको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
....
काठमाडौं, असोज ९ : सरकारले एसिड आक्रमणमा परेकी काभ्रेकी जेनी खड्का र पर्साकी मुस्कान खातुनको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमणमा परेका जेनी र मुस्कानको उपचारका लागि तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
काभ्रे घइ भई हाल काठमाडौंको कालोपुलमा बस्दै आएकी जेनीलाई गत जेठ १ गते साँझ उनका श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए। उनको चार महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, पर्साको वीरगञ्जकी मुस्कानलाई गत भदौ २० गते स्कुल जाँदै गरेका बेला संसाद मियाँले बाटोमा एसिड प्रहार गरेका थिए। मुस्कानको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।






