Kathmandu Press

अमेरिकी राजदूतद्वारा पूर्वप्रधानमन्त्री नेपालसँग भेट 

काठमाडौं, असोज ९ः नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा वरिष्ठ नेता पूर्वप्रधानमन्त्री एवम् विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गरेका....

अमेरिकी राजदूतद्वारा पूर्वप्रधानमन्त्री नेपालसँग भेट 
नेपालकाे निजी सचिवालय ।

काठमाडौं, असोज ९ः नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा वरिष्ठ नेता पूर्वप्रधानमन्त्री एवम् विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गरेका छन् । 

नेपालको निजी निवास, कोटेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहास स्मरण गर्दै ‘विकसित पछिल्ला घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको संभावनाहरु तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको’ नेपालको निजी सचिवालयले जनाएको छ ।

नेकपा र चीनियाँ कम्युनिष्ट पार्टीबीच ‘विचारधारात्मक छलफल’ र सम्झौता भएको दुई दिनपछि उक्त भेटवार्ता भएको हो । अमेरिकाले नेतृत्व गरेको ‘इण्डो प्यासिफिक रणनीति’ बारे नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिबारे विवाद भइरहेको बेलामै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बारे काठमाडौंमा बृहत् अन्तक्र्रिया भएको छ ।

निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा ‘समसामयिक विषयमा छलफल भएको’ बाहेक केही खुलाइएको छैन । 

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्