Kathmandu Press

कम्युनिष्टले जनतालाई गुमराहमा पारे : पौडेल

तुलसीपुर, असोज ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको बता....

कम्युनिष्टले जनतालाई गुमराहमा पारे : पौडेल

तुलसीपुर, असोज ९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको बताएका छन्।

दाङको तुलसीपुरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले स्थापनाकालदेखि नै सिद्धान्तमा अलमलमा भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाएका हुन्।

‘कम्युनिष्टहरु हिजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के–के हुँदै अहिले सी पथमा पुगेका छन्। समाजवाद उन्मुख राज्य भन्दै हिँडेका छन् कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्न सक्दैनन। उनीहरुले जनतालाई गुमराहमा राख्ने काम  गरिरहेका छन्,’ उनले भने। 

पौडेलले आफ्नो सिद्धान्तमै कन्फूजमा रहेका कम्युनिष्टहरुले जनतालाई गुमराहमा राख्ने प्रयास गरिरहेको बताए। उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए। 

पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्युनिष्ट नेताहरुले केही काम गर्न नसकेको आरोप लगाए।

‘सरकार बनेको यतिसमयसम्म पनि केही काम गर्न सकेको छैन। अहिलेसम्म जनताले हत्या, बलात्कार, हिंसा, भ्रष्टाचारभन्दा केही पाएका छैनन्। कम्युनिष्टले जनतालाई दिएको उपहार यीनै हुन्,’ उनले भने।
 

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्