झापा गोल्ड कपको सेमिफाइनलमा घरेलु टिम
काठमाडौं, फागुन २६ : घरेलु टिम झापा–११ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको...
काठमाडौं, फागुन २६ : घरेलु टिम झापा–११ पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे ।
रेडपान्डाले झापा–११ लाई एक गोल उपहार दियो । रेडपान्डाका तर्फबाट योगेश मगरले पेनाल्टीमार्फत गोल फर्काए । आजको खेलमा प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।
यो सँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने छ ।











