Kathmandu Press

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ : शिक्षामन्त्री पाैडेल

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ : शिक्षामन्त्री पाैडेल

काठमाडौँ, फागुन २६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताएका छन।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिको प्रयोगसँगै सो विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै विश्वविद्यालयको हितमा सार्थक उपयोग गर्नुपर्ने उनको भनाइ थियो। सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्ने संस्कृत विश्वविद्यालयको योजनामा आफू सकारात्मक रहेको भन्दै उनले कोरोनाका समयमा शिक्षा क्षेत्रलाई पाठ सिक्नुपर्ने र शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचना गर्नुपर्ने बताए।
    
उनले भने, 'अध्ययन/अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने भएको छ, अब विश्वविद्यालय मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै  खोज, अनुसन्धान र संरक्षणमा क्रियाशील रहनुपर्ने आवश्यकता भएको छ।'

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्