Kathmandu Press

अवैध लागूऔषध सहित ३ जना पक्राउ

अवैध लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं, फागुन २६ : काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाईजेपाम, ४ सय एम्पुल फेनारगन र ४ सय एम्पुल नुर्फिन सहित पर्सा वीरगंज महानगरपालिका २० बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ५०१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो । नवलपरासी (पूर्व), कावासोती नगरपालिका १ रिठ्ठेपानी बस्ने ४५ वर्षीया माया तिवारीलाई करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

Hardik ivf

रिठेपानीस्थित उनको तिवारी कटेजमा लागूऔषध गाँजा बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका ४ खैरवना चोकबाट सोही गाउँपालिका ३ महदेवा बस्ने २६ वर्षीय उमेश महतोलाई नियन्त्रित लागूऔषध ८ एम्पुल डाईजेपाम, ७ एम्पुल नुर्फिन र ४ एम्पुल फेनारगन सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्