Kathmandu Press

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडाैं, फागुन २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन।सङ्खुवासभाको मादीमा भएको आज भएको बस...
सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन राष्ट्रपतिको आग्रह
Hardik ivf

काठमाडाैं, फागुन २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन।

सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले 'सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु,' भनेकी छन।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्