Kathmandu Press

‘म्यादी प्रहरी माग गरिएको छैन’

काठमाडाैं, फागुन २६ : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी...
‘म्यादी प्रहरी माग गरिएको छैन’
Hardik ivf

काठमाडाैं, फागुन २६ : स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।

निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको जानकारी गराएको छ। आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्