Kathmandu Press

किशोर नै लागुऔषध ओसारपसारमा

किशोर नै लागुऔषध ओसारपसारमा
Hardik ivf

काठमाडाैं, फागुन २६ : एक १७ वर्षका किशोर (बालक) लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ। काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा आज एक हजार २०० एम्पुल लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:१७ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्