Kathmandu Press

संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २६ : संखुवासभाको मादी–६ मा बिहीबार बिहान घटनास्थलमै १४ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति एमालेले दुःख व्यक्त गरेको छ।एमाले...
संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं, फागुन २६ : संखुवासभाको मादी–६ मा बिहीबार बिहान घटनास्थलमै १४ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति एमालेले दुःख व्यक्त गरेको छ।


एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज अपराह्न विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले त्यसले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ।

घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ। घाइतेहरुको उपचार गर्नगराउन पनि एमालेले माग गरेको छ।

यातायातको अनुगमन, सडकको दुरवस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा दुर्घटना हुन नदिन पनि एमालेले ध्यानाकर्षण गराएकाे छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्