Kathmandu Press

एमालेनिकट कर्मचारी संगठनले फागुन २८ देखि राष्ट्रिय अधिवेशन गर्ने

काठमाडाैं, फागुन २६ : एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ देखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
एमालेनिकट कर्मचारी संगठनले फागुन २८ देखि राष्ट्रिय अधिवेशन गर्ने

काठमाडाैं, फागुन २६ : एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले यही फागुन २८ देखि ११औं राष्ट्रिय अधिवेशन गर्ने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा कार्की ब्याङ्क्वेट थापाथली हाइट काठमाडौंमा अधिवेशनको उद्घाटन हुने जानकारी दिएको हो।

Hardik ivf

संगठनले आगामी फागुन २८–२९ गते हुने ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए।

उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य मितिका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए।

अधिवेशनले निजामती सेवाको सांगठनिक ढाँचा तथा स्वरुप, संघ, प्रदेश र स्थानीय निजामती सेवा ऐनमा समावेश हुनुपर्ने विषयहरुका बारेमा व्यापक छलफल गर्ने उनको भनाइ थियाे।

उनले नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत रुपले गर्ने पनि बताए। 

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्