Kathmandu Press

एसियाली क्षेत्रीय पारा तेक्वान्दोमा सहभागी हुन इरान जाने टोलीकाे बिदाइ

काठमाडाैं, फागुन २६ : चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाइ गरिएको छ।बिहीबार नेपाल...
एसियाली क्षेत्रीय पारा तेक्वान्दोमा सहभागी हुन इरान जाने टोलीकाे बिदाइ

काठमाडाैं, फागुन २६ : चौथो प्रेसिडेन्ट कप एसियाली क्षेत्रीय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन इरान जान लागेका नेपाली टोलीलाई बिदाइ गरिएको छ।

बिहीबार नेपाल तेक्वान्दो संघले इरानको तेहरानमा हुन लागेको प्रेसिडेन्ट कपमा सहभागी हुने पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा संघका उपाध्यक्ष नन्द कुमार राईले नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।  उनले कोरोनाका बीच खेलाडीहरुलाई सहि ट्रेनिङ दिएको भन्दै यसअघिको भन्दा नजिता राम्रो हुने धारणा राखे।

त्यस्तै प्रशिक्षक लामाले आसन्न एसियाली पारा खेलकुदको तयारीका लागि प्रेसिडेन्ट कप महत्वपूर्ण हुने बताए। प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलाडी सिजनाले फागुन ३० गते आफ्नो खेल खेल्ने संघले जनाएको छ।

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्