Kathmandu Press

आयाल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस

काठमाडौंं, फागुन २६ : नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनोट समितिले...
आयाल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस

काठमाडौंं, फागुन २६ : नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनोट समितिले इन्जिनियर उमेरप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम छनोट गरेर मन्त्रालयलाई सिफारिस गरेको हो।

दुई महिनायता निगम कार्यकारी निर्देशकविहीन बनेको छ। तीन वर्षे कार्यकाल पूरा गरेर पुस २२ गते निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बिदा भएयता  
निगम कार्यकारी निर्देशकविहीन बनेको हो।

पौडेल बिदा भएपछि निगमले पदपूर्तिका लागि गरेको सूचनाअनुसार निगमको कार्यकारी निर्देशक बन्न १८ जनाले आवेदन दिएका थिए।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्