भाडा समायोजनकाे मागसहित ट्रक व्यवसायी महासंघकाे ज्ञापनपत्र
काठमाडाैं, फागुन २६ : नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा पेट्रोलियम...
काठमाडाैं, फागुन २६ : नेपाल ट्रक यातायात व्यवसायी महासंघले ढुवानी व्यवसायका समस्याका विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारीसाधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने, भारतीय सवारीसाधन विशेष गरी ट्रकको निर्वाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरत तर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमा क्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने उल्लेख छ।
विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले आज (बिहीबार) ज्ञापनपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा महासंघका महासचिव बानियाँले विभागले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरे।
उनले भने, ‘छोटो अवधिमा पेट्रोलियम पदार्थको पटकपटकको मूल्यवृद्धि भएको छ। यसबाट ढुवानीमा समस्या हुँदै आएको छ। मूल्यवृद्धिका आधारमा भाडादर समायोजन हुनुपर्छ।’ उनले भारतमा निश्चित समयसम्म सञ्चालन भइ थोत्रिएका ट्रक नेपाली सीमा क्षेत्रमा ल्याएर सञ्चालन गर्ने प्रवृत्ति तत्काल रोक्न पनि सरकारसँग माग गरे।












