Kathmandu Press

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा, फागुन २६ : माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई...
आगो ताप्ने क्रममा जलेर मृत्यु
Hardik ivf

पाल्पा, फागुन २६ : माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो।

उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए । 

कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्