Kathmandu Press

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, असाजे ९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। 

बिहीबार बिहान बुढा....

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं, असाजे ९ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। 

बिहीबार बिहान बुढानिलकण्ठ भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्वन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ।

राजदूत बेरीसँगको भेटपछि कांग्रेस सभापति देउवाले सामाजिक संजालमार्फत दुई देशबीचको आपसी सम्वन्ध मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन्।

देउवाले फेसबुकमा लेखेका छन्, ‘अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग भेट भयो। भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनेलगायत दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी बनाउनेलगायत आपसी हितका विषयया छलफल भयो।’

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्