Kathmandu Press

गोरुले हान्दा घाइते भएका वृद्धको मृत्यु

खोटाङ, फागुन २६ : गोरुले हान्दा घाइत भएका खोटाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय...
गोरुले हान्दा घाइते भएका वृद्धको मृत्यु

खोटाङ, फागुन २६ : गोरुले हान्दा घाइत भएका खोटाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको गोरुले हान्दा मृत्यु भएको हो। उनलाई बुधबार छिमेकीको गोरुले हानेको थियो।

Hardik ivf

घाइते भएका राईलाई उपचारका लािग स्थानीय फेमिली केयर अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी शारीरिक रुपमा असक्त थिए। गोरुको सिङ उनको पेटमा चोट लागेको थियो।

प्रकाशित मिति: ०८:३९ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्