Kathmandu Press

हेटौंडा सरकारी अस्पतालमा डायलासिस सेवा

हेटौंडा, फागुन २६ : हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ।उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस...
हेटौंडा सरकारी अस्पतालमा डायलासिस सेवा

हेटौंडा, फागुन २६ : हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ।

उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको हो। अहिले सो अस्पतालमा १०   मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ।  

Hardik ivf

हेटौंडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन्। उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।

नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए।

यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो। हेटौँडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेको छ।

प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्