Kathmandu Press

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, फागुन २५ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४ औं समूहको विपद् व्यवस्थापन...
विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, फागुन २५ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।

उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई चनाखो भई विपद् उद्दारमा प्रयोग गर्नुपर्ने बताए  ।

Hardik ivf

प्रहरी कर्मचारीहरूलाई विपद्, खोज तथा उद्दार कार्य सम्बन्धी ज्ञान सिप प्रदान गरी दक्ष उद्दारकर्मी तयार गर्न तालिम प्रदान गरिएको उनले उल्लेख गरे ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले तालिम प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी निरीक्षक २ जना, प्रहरी नायव निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए । 

प्रकाशित मिति: २०:२० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्