मृत अवस्थामा फेला
काठमाडौं, फागुन २५ : खोटाङको साकेला गाउँपालिका १ साप्सु खोलाको बगरमा भोजपुर, भोजपुर नगरपालिका १२ टक्सार घर भएका ४० वर्षीय राम कुमार राई...
काठमाडौं, फागुन २५ : खोटाङको साकेला गाउँपालिका १ साप्सु खोलाको बगरमा भोजपुर, भोजपुर नगरपालिका १२ टक्सार घर भएका ४० वर्षीय राम कुमार राई बुधबार मृत अवस्थामा फेला परेका छन ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडास्थित ससुराली घर जान्छु भनि मंगलबार हिँडेकोमा घर नआएपछि खोजी गर्नेक्रममा उक्त बगरमा उनको शव फेला परेको हो ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १ बिमिरेस्थित लिखु खोलाको दहमा खिजिदेम्बा गाउँपालिका ३ घर भई सोही गाउँपालिका १ स्थित सडकमा लेबर काम गर्ने ३७ वर्षीय झपट बहादुर सुनुवार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, दुल्लु नगरपालिकाको ३ चाखापाडा बस्ने ४६ वर्षीय भक्ति प्रसाद जैशी दुल्लु नगरपालिका ४ शान्तिबजारतर्फ जाने सडकमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: २०:१७ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












