झापा गोल्ड कपको सेमिफाइनलमा त्रिभुवन आर्मी
काठमाडौं, फागुन २५ : त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–०...
काठमाडौं, फागुन २५ : त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक-एक गोल गरे ।
बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।
सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।











