Kathmandu Press

अंगदानसहित विश्व मिर्गौला दिवस मनाइने

भक्तपुर, फागुन २५ : ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरले भाेलि (बिहीबार)  अंगदान गर्दै विश्व मिर्गौला दिवस...
अंगदानसहित विश्व मिर्गौला दिवस मनाइने

भक्तपुर, फागुन २५ : ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरले भाेलि (बिहीबार)  अंगदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ।

विश्व मिर्गौला दिवसबारे जानकारी दिन केन्द्रले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक पुकार श्रेष्ठले विश्व मिर्गौला दिवस यसवर्ष अङ्गदान लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने जानकारी दिए। 

कार्यक्रममा विभिन्न विशिष्ट एवं अन्य व्यक्तिबाट अङ्गदान गर्ने र स्वास्थ्य सेवा दिवसका दिन अङ्गदानको घोषणा गरेका स्वास्थ्यमन्त्री, मुख्य सचिव, स्वस्थ्य सचिवलगायतका विशिष्ठ व्यक्तिलाई अंगदान कार्ड वितरण गरिने उनले जानकारी दिए।

दिवसको दिन बिहान ७ः४५ बजे काठमाडौँको शान्ति बाटिकाबाट मिर्गौला पथयात्रा गर्दै दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरिने पनि उनले जानकारी दिए। 

अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ्य व्यक्ति जत्तिकै हुन सक्छन् भन्ने सन्देश दिँदै अंग प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने अंगदानले पाउने नयाँ जीवनबारे प्रचार एवं प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने बताइएको छ।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्