राष्ट्रपतिसमक्ष राजदूत श्रीधर खत्रीको शपथ
काठमाडौं, फागुन २५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालयमा...काठमाडौं, फागुन २५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालयमा आज (बुधबार) अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन्।
त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
प्रकाशित मिति: १७:१६ बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












