Kathmandu Press

भ्रामक समाचार प्रकाशन गर्ने दुई युट्युबर पक्राउ

काठमाडौं, फागुन २५ : भ्रामक समाचार प्रकाशन गरेको उजुरीमा हरि उदासी भन्ने हरि परियार तथा निसान चिलवाललाई प्रहरीले पक्राउ गरेको छ। युट्युबमार्फत अनर्गल वक्तव्य...
भ्रामक समाचार प्रकाशन गर्ने दुई युट्युबर पक्राउ

काठमाडौं, फागुन २५ : भ्रामक समाचार प्रकाशन गरेको उजुरीमा हरि उदासी भन्ने हरि परियार तथा निसान चिलवाललाई प्रहरीले पक्राउ गरेको छ। 

युट्युबमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले  भ्रामक समाचार प्रकाशन गरेको उजुरी परेको थियो।

५३ वर्षीय हरि उदासीले नेपाल मिडिया र निसान चिलवालले विशाल नेपाल नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए। उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको प्रहरी प्रधान कार्यलय साइबर ब्युरोले जनाएको छ।

काठमाडौँ जिल्ला अदालनले पक्राउ परेको दुवै युट्युबरलाई  पक्राउ परेको ७–७ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्