Kathmandu Press

आइसिसी प्लेयर अफ दी मन्थको नोमिनेसनमा दीपेन्द्र

काठमाडाैं, फागुन २५ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा परेका छन्। फेब्रुअरीको उत्कृष्ट खेलाडीका लागि...
आइसिसी प्लेयर अफ दी मन्थको नोमिनेसनमा दीपेन्द्र

काठमाडाैं, फागुन २५ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा परेका छन्। फेब्रुअरीको उत्कृष्ट खेलाडीका लागि आईसिसीले निकालेको उत्कृष्ट तीनको मनोनयमा दीपेन्द्र पनि परेका हुन्।

प्लेयर अफ दी मन्थका लागि दीपेन्द्रले भारतका श्रेयस एय्यर र युएईका भृत्य अरविन्दसँग प्रतिस्पर्धा गर्ने छन्। गत महिना युएईमा भएको टि–२० विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा दीपेन्द्र नोमिनेसनमा परेका हुन्।

विश्वकप छनोटमा नेपाल तेस्रो हुँदा दीपेन्द्रले १५९ रन र ६ विकेट लिएका थिए । छनोटअघि भउको चारदेशीय शृंखलामा १४२ रन बनाएका थिए भने ४ विकेट लिएका थिए।

आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सन्जालमार्फत गरेको मतलाई आधार मानिनेछ ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्