Kathmandu Press

निर्माण व्यवसायी महासंघको साधारणसभा फागुन २७ देखि काठमाडौंमा हुने

काठमडाैं, फागुन २५ : नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ।महासंघले बुधबार...
निर्माण व्यवसायी महासंघको साधारणसभा फागुन २७ देखि काठमाडौंमा हुने

काठमडाैं, फागुन २५ : नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको जनाएको छ।

Hardik ivf

अधिवेशनमा १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी २४ सय जनाको सहभागीता हुने महासंघले जनाएको छ।

त्यस्तै अधिवेशनमा  ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ।

साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न १ करोड ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। उनले मन्त्रिपरिषदबाट पारित सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उक्त संशाेधनअघि नबढ्दा निर्माण उद्योग अस्तव्यस्त भएको उनले बताए।

त्यस्तै अधिवेशन स्थल बाहिर विभिन्न कम्पनीका ३० वटा स्थल रहने महासंघले जनाएको छ।

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्